+ -

कोशी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गुनासो व्यवस्थापन प्रणाली

कोशी प्रदेश, विराटनगर, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-9VGKBD
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1728368342_बिल सार्वजनिक- खर्चको मापदण्ड.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण कोशी प्रदेशको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीता सम्बन्धी निर्देशिका,2079 को नियम 25 अनुसार खर्चको पारदर्शिता गर्ने र बिल सार्वजनिक गर्ने प्रावधान रहेको छ, तर प्रदेशका मन्त्रालयहरु/निकायहरुले यो पालना नगरेकोमा गुनासो/उजुरी गरिएको छ। तलव, भत्ता, पारिश्रमिक, विजुली, टेलिफोन जस्ता अनिवार्य खर्च बाहेक इन्धन, सवारीसाधन मर्मत, बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, मसलन्द तथा कार्यालय सामाग्री खर्च, विविध खर्च, घरभाडा खर्चको विवरणमा पारदर्शिता कायम गरी मासिक रुपमा कार्यालयमा सबैले देख्नेगरी टाँस गर्ने र वेभसाईटमार्फत सार्वजनिक गर्नुपर्नेछ। तलव भत्ता पारिश्रमिक, विजुली, टेलिफोन जस्ता अनिवार्य खर्च बाहेक रु.५० हजार भन्दा माथिको खर्च बील भुक्तानी गर्नुअघि वेवसाईट मार्फत वा सूचना पाटीमा टाँस गरी सार्वजनिक गर्नुपर्नेछ । सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीता सम्बन्धी निर्देशिका,2079 को नियम 25मा लेखिए अनुसार मन्त्रालय र त्यस अन्तर्गतका निर्देशनालय तथा कार्यालयहरुले कार्यालयको खर्चको बिल र बिवरणहरु सार्वजनिक नगरेको हुँदा यो गुनासो पेश गरिएको छ। यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पनि बिल सार्वजनिक गरेको पाइएको छैन। वेवसाइट खोल्दा त्यस्तो देखिएको छैन र सूचना पाटीमा पनि बिल राखेको भेटिएन। त्यसैले सबै मन्त्रालयहरु र कार्यालयहरुले बिल सार्वजनिक गर्न लगाउन र अनिवार्य खर्चको बाहेक अरु खर्चको विवरण सबैले देख्ने गरी टाँस्न वा वेवसाइटबाट सार्वजनिक गर्न लगाउनु पर्नेमा त्यसो नभएकोले यस अघि पनि गुनासो पेश गरिएको छ। पेश गरिएको गुनासो गोप्य राखिएको छ र त्यसबारेमा के कारबाही अघि बढाइयो भन्ने जानकारी दिइएको छैन। सरकारी खर्चमा पारदर्शिता कायम गर्नै पर्छ। जनताले तिरेको करबाट गरेको खर्च के कसरी भईरहेको छ आम नागरिकले थाहा पाउनै पर्दछ। सरकारी खर्चको बिल बिजक सार्वजनिक गरियोस्। प्रशासनिक खर्चमा पारदर्शिता गरियोस् भनी पुनः यो गुनासो पेश गरिएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश सभा सचिवालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश योजना आयोग, कोशी प्रदेश, विराटनगर, नेपाल, मुख्य न्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल, प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल